हेटौंडा \ मोवाइल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरले चाडपर्व लक्षित सञ्चालित उपहार कार्यक्रमको नतिजा बिहीबार सार्वजनिक गरेको छ । रोयल पार्टी प्यालेसमा सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गरि र ग्राहकहरुको उपस्थितीमा नतिजा सार्वजनिक गरेको हो । सामान खरिद पश्चात प्राप्त गरिने उपहारका कुपनको अर्धकट्टीलाई आँखामा पट्टि बाँधेर अर्धकट्टी तान्दाखेरि बम्पर उपहारमा टिभिएसको स्कुटर थाहानगरकी अस्मिता मोक्तानले प्राप्त गरेकी छिन् । ९४२६ को कुपन नम्बर रहेको मोक्तानले थाहानगरमै मोवाईल तथा मोवाईलका विभिन्न सामाग्री खरिद गर्दा प्राप्त गरेकी थिईन् ।
त्यसैगरी २ वटा फ्रीज भने सिन्धुलीका कल्पना श्रेष्ठ(११७१९) र मकवानपुरका पुजा माझी(२०३५३) ले प्राप्त गरेकी छिन् । त्यस्तै, तीनवटा एलईडि स्मार्ट टेलिभिजन भने हेटौंडा सरस्वती रानामगर(११११८), शिवराज अर्याल(४११८) र निलम विश्वकर्मा(७७४१)ले प्राप्त गरेको म्यान मकवानपुरका महासचिव मिलन स्याङ्तानले बताए ।
म्यान मकवानपुरले दशैं तिहार तथा छठपर्व लक्षित गरि ग्राहकहरुलाई एक हजार भन्दा बढी मुल्यको सामान खरिदमा एकवटा उपहार कार्यक्रमको कुपन प्रदान गरिएको थियो । कुपनमा स्क्र्याच गर्दा चार सय जनालाई इयर बडर्स र पाँच हजार जनालाई इयर फोन प्रदान गरेको म्यानका अध्यक्ष हरिप्रसाद न्यौपानेले बताए । उपहार कार्यक्रममा एमआई मोवाईल कम्पनी मुख्य प्रायोजकको रुपमा रहेको थियो भने अन्य विभिन्न कम्पनी तथा संस्थाहरु सहयोगी संस्थाको रुपमा रहेका थिए । कार्यक्रममा धेरै कुपन खरिद गर्ने मोवाईल व्यवसायीलाई सम्मान गरिएको थियो ।
म्यान मकवानपुरका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष एसीस रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, महासंघ प्रदेश कोषाध्यक्ष एवम् चितवन मोवाईल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रतन भट्ट, प्रदेश महासचिव विज्ञान घिमिरे, म्यान मकवानपुर निवर्तमान अध्यक्ष नवराज चौलागाई, पूर्व अध्यक्ष दिनेश लामा, म्यान मकवानपुरका सल्लाहकार महेन्द्र राउत, कुमारमणि त्रिपाठी, श्रीराम अर्जुन, पुर्वी शाखा अध्यक्ष गणेश थापामगर, पश्चिमी शाखा अध्यक्ष रुद्र मुक्तान, म्यानका उपाध्यक्ष अनिल दास बानिया लगायतको आतिथ्यता रहेको थियो ।