काठमाडौँ \ नेपाल मोबाइल व्यवसायी महासंघको महासचिवमा हेटौंडाका छतेन्द्र आचार्य निर्विरोध चयन भएका छन् । आचार्य यस अघि महासंघको उपाध्यक्ष थिए । मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष समेत रहेका आचार्य महासचिवमा निर्विरोध चयन भएका हुन् ।
महासंघको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि रमेश घिमिरेको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो ।
निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार अन्य पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा डिल्लीबहादुर तामाङ, ७ उपाध्यक्ष तर्फ उदयबहादुर केसी, दिलबहादुर लामा, सुवास बम, दिपक पाण्डे, दिपकबाबु बोगटी, बद्री कुँवर, शुरेस बानियाँ निर्वाचित भएका छन्।
यसैगरी कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठ, ४ सचिवमा ङेमा लामा, नारायण सुवेदी, विष्णु ज्ञवाली र सपना नहर्की चयन भएका छन्। यस्तै सहकोषाध्यक्षमा रुद्रमणि धिताल चुनिएका छन्।
केन्द्रीय सदस्यहरू तर्फ नवराज चौलागाईं, शेषनारायण शर्मा, हिमाअ लम्साल, मुकुन्द सत्याल, लोकेन्द्र बुढाथोकी, विवेक बाध्यकार, सिताराम तिमल्सिना, दिलबहादुर तामाङ, भगतबहादुर रावल, यादव सुवेदी, दिपेन्द्र प्रदास अवस्थी, शिवप्रसाद खतिवडा, रुजन श्रेष्ठ, दिपककुमार ओझा, कविन्द्र अधिकारी, मिलन स्याङ्तान, सन्तोष थापा, हरिप्रसाद पौडेल, चिन्तामणि खरेल, केशव खनाल, चन्द्रप्रसाद न्यौपाने, टेकबहादुर थापा, गणेशबहादुर बोगटी, राजु सिंह टुकरीया निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण समेत गरेको महासचिव छतेन्द्र आचार्यले जानकारी दिए। महाधिवेशनमा ७ उपाध्यक्ष र कोषाध्यक्ष तथा सहकोषाध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो।
अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । महाधिवेशनमा सहभागी हुन देशभरिबाट १५ सय प्रतिनिधि काठमाडौं आएका थिए।