उमेर ढल्किदाँ काल पल्किने पक्का, आयो छक्का पञ्जा ३ को गीत

२५ भाद्र २०७५, सोमबार १५:४२

सिधाखबर \ चलचित्र छक्का पञ्जा ३ को दोस्रो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेकोे गीतलाई संगीतकार पोखरेल र दीपकराज गिरीले लेखेका हुन्, । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङको फिचरिङ रहेको छ ।

गीतमा निशान भट्टराई र एञ्जिला रेग्मीको आवाज रहेको छ । पुरुषोत्तम प्रधानले नवलपरासीको सिजी धामलाई आकर्षण ढङ्गले गीतमा उतारेका छन्, । दिपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा ३ दशैंमा प्रदर्शन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*