जात्रै जात्राको टिजर रिलिज

२६ कार्तिक २०७५, सोमबार ११:१०

सिधाखबर \ सफल चलचित्र ‘जात्रा’को सिक्लेव ‘जात्रै जात्रा’को टिजर रिलिज भएको छ । चलचित्रको टिजर शनिवार यूट्युब मार्फत सार्वजनिक गरिएको छ ।

‘जात्रै जात्रा’मा दयाहाङ राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ । ‘जात्रा’मा भने दयाहाङको अभिनय थिएन । टीजरमा जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको देखाईएको छ ।

प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेका चलचित्रको निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । यो चलचित्र फागुन १७ गते देखी प्रदर्शनमा आउने निमार्ण पक्षले जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*