डां उपाध्यायको उपन्यास तथा गीति एल्बम विमोचन

२४ मंसिर २०७५, सोमबार १६:२०

सिधाखबर \ पद्यदीप स्मृति प्रतिष्ठानको आयोजनामा आज हेटौंडामा डा. डी.आर उपाध्यायद्धारा रचित ८ उपन्यास र ८ गीति एल्बम विमोचन गरिएको छ । चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जन, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गी, लेखक डा. उपाध्याय र साहित्यकार आर सी रिजालले सयुंक्त रुपमा विमोचन गरेका छन्, । डा. उपाध्यायका उपन्यास बज्राघात, त्यागी, भाग्यचक्र, अपवित्र छाँया, स्वार्थी बिटुली, दगाबाज, अतिरिक्त रहेका छन्, भने ८ गीति एल्बममा प्रणय, सहेली, प्रतिनाद, अन्तराप, जोहो, जखम माउन्टेन मेलोडी, नशालु नजर रहेका छन्, ।

देशको विभिन्न स्थानमा प्रतिनाद साङ्गीतिक यात्रा गर्दै टोली आज हेटौंडा आइपुगेका थिए । टोलीमा संगीतकार सन्तोष श्रेष्ठ, गायिका निशा देशार र गायक सागर अधिकारी शरदले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेको थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, अरुणराज सुमार्गी, नरेन्द्र महर्जन, सञ्चारकर्मी तथा साहित्यकार अच्युत घिमिरे बुलबुलले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा मकवानपुरका साहित्यकार तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । लेखक डा. उपाध्यायले आफ्नो उपन्यास तथा गीति एल्बमबारे जानकारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*