‘रुमालै छ चिनो’को ट्रेलरमा सुशान्त इन्डियन आर्मी

९ पुष २०७५, सोमबार १९:००

सिधाखबर \ नेपाली चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक गरीएको छ । निर्माण टिमले आगामी फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको ट्रेलर र रिलिज मिति घोषण गरेको हो । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा यो चलचित्र निर्माण भएको बताईएको छ । ट्रेलरमा भारतबाट युद्ध लडेको एक युवकको बहादुरी देखाइएको छ । चलचित्रमा इन्डियन आर्मीको भूमिकामा अभिनेता सुशान्त कार्की देखिएका छन् । उनको अपोजिटमा अफ्साना थापा रहेकी छिन् ।

यो चलचित्र लाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् । चर्चीत लोकदोहोरी गायक रेशम थापाको चर्चित लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर यो चलचित्र निर्माण भएको हो । रेशम थापाकै कथा रहेको चलचित्रमा किशोर खतिवडा,संचिता लुइँटेल,रश्मी भट्ट,मिथिला शर्मा,सुरबीर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*