मनहरिमा जिम क्लब सञ्चालमा

९ पुष २०७५, सोमबार १९:३२

सिधाखबर \पश्चिम मकवानपुरको मनहरिमा ७ मा आज देखी जिम क्लब सञ्चालमा आएको छ । मनहरि युबा क्लबले सञ्चालन गरेको जिम क्लबको आज एक कार्यक्रमको आयोजना गरि ७ नम्बर वडाका अध्यक्ष ठाकुर सिं तितुङले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै ७ नम्बरका अध्यक्ष तितुुङले पश्चिम मकवानपुरको मनहरिमा जिम क्लब सञ्चालनमा आएकोमा खुसि ब्यक्त गरे । अहिलेका पुस्ताका युबाहरुमा जिम प्रति तिब्र रुचि रहेको भन्दै उनले युबाहरुको रुचि र चाहना अनुसारको काम गरेका भनदै मनहरि युबा क्लबलाई धन्यबाद समेत ज्ञापन समेत गरे ।

साथै यसको निरन्तरको कामना पनि गरे । जिम क्लबका लागी आबश्यक पर्ने सामाग्रीहरु सबै उपलब्ध रहेको र केही मात्र सामानको ब्यबस्था गर्न बाकी रहेको मनहरि युबा क्लबका अध्यक्ष समिप श्रेष्ठले जानकारि दिए । जीम क्लबका लागी आबश्यक पर्ने सामाग्री खरिदका लागी मनहरि गाउँपालिकाले ५ लाख रुपिया सहयोग गरेको छ । उद्घाटनकै दिन महिला तथा पुरुष गरि २० जनाले क्लबमा नाम दर्ता गराएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अभ्यासका लागी तत्काल प्रशिक्षक नरहेको र एक साता भित्रमा प्रशिक्षको ब्यबस्था गरिने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*