नेपाल लिटरेचर फेस्टिभल सम्पन्न

१० पुष २०७५, मंगलवार २०:३२

सिधाखबर / बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ। फेस्टिभलको चौथो अर्थात् अन्तिम दिन मंगलबार विभिन्न रोचक एवम् बौद्धिक छलफल भएका थिए। पोखराको लेकसाइड तालबाराही चोकस्थित फुटबल मैदानमा भएको फेस्टिभलमा भूपी कक्ष र अलि मियाँ कक्षमा विभिन्न सत्र संचालन भएका थिए।

फेस्टिभलअन्तर्गत चौथो दिनको पहिलो सेसन ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’मा मनीषा कोइराला र आनी छोइङसँग संवाद भएको थियो। उक्त संवादमा एसिड आक्रमणमा परेका संगीता मगर र सीमा बस्नेत पनि वक्ताका रूपमा उपस्थित थिए। मंगलबारको अन्तिम सेसन ‘कविता वाचन’मा विभिन्न ११ जना कविले कविता वाचन गरे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*