‘माछि बस्ने’ दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक

२० पुष २०७५, शुक्रबार १४:३६

सिधाखबर \ मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछि बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा मिडिया टप नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन । सार्वजनिक गीतको लय शब्द रचना माधव भण्डारीको रहेको छ । गीतमा गोपाल तिवारी र राधा तिवारीको आवाज छ । राजेश तिमिल्सीनाको निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । रामजि खाँड र करिश्मा ढकालको नृत्य देख्न सकिन्छ । भिडियोका दृश्यहरु करन चौसिरले क्यामरामा कैद गरेका छन । कार्यक्रममा बोल्दै गायक तिवारीले आफुले बजारमा ल्याएको यो भाकाबाट निकै आशावादी रहेका बताएका थिए । करिव १० बर्ष पहिले ‘आए दिदि’ बोलको तीज भाकाबाट चर्चीत बनेका गायक तिवारीले दर्जनौं गीतहरुमा आवाज दिईसकेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*