ग्राण्डी मेडिकल जर्नलको पहिलो अंक बिमोचन

२० पुष २०७५, शुक्रबार २०:३७

सिधाखबर / ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो छैटौं स्थापना दिवस मनाएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमुख अतिथ्यतामा मनाइएको सो स्थापना दिवसमा मन्त्री पोखरेलले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपाली स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा आगामी दिनमा थप जनमुखी र बिश्वस्तरीय सेवा बिस्तार गर्दै जानुपर्ने र यसका लागि नेपाल सरकारले सहयोग गर्ने बताए। यस्तै अस्पतालका अध्यक्ष इ दिपक कुँवरले अस्पताललाई यहाँसम्म ल्याइ पुर्‍याउन साथ दिनुहुने सबैलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले स्वागत मन्तव्यका क्रममा ग्राण्डी अस्पताल को लोगोमा अंकित जिआइएच अर्थात मनभित्रबाट नै उपचार सेवा भन्ने रहेको बताए। अस्पतालको आधारशिलाका रुपमा इथिक्समा आधारित उपचार, बिरामीकेन्द्रीत उपचार र बिभिन्न विशेषज्ञहरूसँग सहकार्यमा गरिने उपचार यस अस्पतालको आधारशिला भएकाले यस अस्पतालले बिरामीको अहित हुने कुनै पनि कुरामा कदापि सम्झौता गर्न नसक्ने बताए। यस्तै अस्पतालले ग्राण्डी मेडिकल जर्नलको पहिलो अंक बिमोचन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*