के.बीको तेस्रो एकल चित्रकला प्रदर्शनी आजबाट शुरु

११ माघ २०७५, शुक्रबार १७:०५

सिधाखबर  \ मकवानपुरका चर्चित कलाकार, साहित्यकार, चित्रकार तथा अधिवक्ता ऋषि के.बीको तेस्रो एकल चित्रकला प्रदर्शनी आजबाट शुरु भएको छ । स्टेट भिजन प्रालिको आयोजना तथा एस. एस नेटवर्कको सहकार्यमा के.बीको‘ समयावाज द भ्वाईस अफ टाईम’ तेस्रो एकल चित्रकला प्रदर्शनी शुरु भएको हो । आज र भोली हुने प्रदर्शनीमा चित्रकार के.बीले रचना गरेको २८ वटा चित्रहरु राखिएको छ ।

प्रदर्शनीपश्चात आजमात्रै ५५ हजारको चित्र विक्रि भईसकेको आयोजक समितिका अध्यक्ष जयराम सुवेदीले जानकारी दिए । कार्यक्रम अनाथ बालबालिकोको शिक्षामा लगानीका लागि सहयोगार्थ संचालन गरिएको आयोजक समितिले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला न्यायाधिस स्वीकृती पराजुलीले चित्रको माध्ययमबाट समाजको वास्तविकता नियालेको भन्दै खुलेर प्रसंसा गरे । त्यसैगरी हस्तकला संघ मकवानपुरका अध्यक्ष ज्ञानभक्त लामाले चित्रकला प्रदर्शनी कहिलेकाँही हुने गरेता पनि यसको महत्व बृहत रहेको बताए ।

कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डे, जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष ईश्वरी अधिकारी, पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ प्रदेश नम्बर ३ का सहसचिव महेश रेग्मी, सोलिड्यारीटी बोर्डीङ स्कुलकी प्रिन्सीपल रिना आचार्य, अधिवक्ता मदन दाहाल, लगाएतले चित्रकार के.बी र उनले रचना गरेका चित्रको खुलेर प्रशंसा गरे । कार्यक्रममा चित्रकला प्रदर्शनीसंगै सोलिड्यारीटी बोर्डिङ्का विद्यार्थीहरुले नृत्य प्रस्तुत समेत गरेका थिए । साथै कार्यक्रममा २५ वटा विद्यालयका १ सय ८० जना विद्यार्थीहरुले चित्रकला कार्यशालामा सहभागीता जनाएका थिए । कार्याशालामा विद्यार्थीहरुलाई चित्रकला सम्बन्धी प्रशिक्षण समेत गराईएको थियो । शिक्षकहरु सन्यासी क्षेष्ठ, स्याम लामा, मनिस योञ्जन, सुमन ब्लोन र ऋषि के.बीले विद्यार्थीहरुलाई प्रशिक्षण गराएका थिए ।

साथै भोली माघ १२ गते जिल्लाब्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता संचालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा २५ वटा विद्यालयका ७५ जनाले सहभागिता जनाएका छन् । चित्रकार के.बीको यसअधि २०५८ सालमा हर्नामाडीमा पहिलो, २०६० मा हेटौंडामा दास्रो चित्रकला प्रदर्शनी भईसकेको थियो । के.बीले २०६० मा मकवानपुर प्रतिभा पुरस्कार र उत्कृष्ठ युवा पुरस्कार, २०५० मा राष्ट्रिय चित्रकला प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त गरेका छन् । उनका विभिन्न साहित्यिक कृतिहरु प्रकाशित छन् । मकवानपुरका विभिन्न पत्रपत्रिका तथा अनलाईनमा व्यङ्ग्य कार्टुन चित्र बनाउन अब्बल के.बी पेशाले कानुन व्यवसायी पनि हुन् ।

  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*