कृष्ण काफ्लेले ल्याए परदेशी रुवाउने आमा गीत (भिडियो)

१५ माघ २०७५, मंगलवार १९:२३

सिधाखबर \ गायक कृष्ण काफ्लेको स्वर रहेको निकै मार्मिक गीत आमा सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो आज मङ्गलवार एमबी क्रीयसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको हो । सार्वजनिक भिडियोमा बिदेशिएका नेपालीहरूले आफ्नो आमा र मातृभूमिलाई गर्ने मायालाई निकै प्रस्ट रूपमा प्रस्तुत गरिएको छ ।

कृष्ण काफ्लेको स्वर रहेको गीतलाई मनिष बसिष्ठले लेखेका हुन् भने कम्पोज पुरुषोत्तम न्यौपानेले गरेका हुन् । गीतमा सङ्गीत संयोजन उदय राज पौडेलको रहेको छ । निकेश खड्का निर्देशित गीतको भिडियोमा कलाकार सहिन प्रजापति र शारदा अधिकारी फिचर रहेका छन् । उत्तम हुमागाईंले खिचेको यो गीतलाई प्रविन श्रेष्ठले सम्पादन र कलर गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*