‘पुरानो बुलेट’ ले तीन अफिसियल पोस्टर सार्वजानिक

२३ माघ २०७५, बुधबार ०७:४६

सिधाखबर \ ‘ह्यान्डसम भिलेन’ का रुपमा कहलिएका अनुपविक्रम शाही स्टारर चलचित्र ‘पुरानो बुलेट’ ले तीन अफिसियल पोस्टर सार्वजानिक गर्दै प्रचारप्रसार सुरु गरेको छ । चैत १ गतेबाट देशभर प्रदर्शनमा आउने तरखरमा रहेको चलचित्रको तीन पोस्टरमा अनुपसँगै अभिनेत्रीद्वय बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् ।

पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुपले लामो कपालमाथी रातो रुमाल बाँधेका छन् । साथमा जिन्स ज्याकेटमा देखिएका छन् । एक पोस्टरमा उनी बुलेटमा आफ्नै स्टाइलमा फिचर छन् । बर्षा गाउँले भेषमा प्रस्तुत हुँदा मालालाई केही बोल्ड देख्न सकिन्छ ।

लामो समयको पत्रकारितापछि ’एक्सन कट’ मा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएका चलचित्रको यही फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । चलचित्रमा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र ‘पुरानो बुलेट’ मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायांकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । चलचित्रले पुर्वी नेपालको टिपिकल कथा पेश गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*