जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने

२३ माघ २०७५, बुधबार १९:२७

सिधाखबर  \ मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद संघको आयोजनामा मकवानपुरमा जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ । आज हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको विषयमा जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा बोल्दै मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले प्रतियोगितामा २० वटा विद्यालयहरुको सहभागिता हुने बताए । प्रतियोगिताको प्रथम, द्वितिय तथा तृतिय हुनेलाई क्रमश नगद २५ हजार, १० हजार तथा ५ हजार र शिल्ड, मेडल तथा प्रमाणपत्र दिईने उनले बताए ।

त्यसैगरी उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा विधागत उत्कृष्टहरुलाई नगद २ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र दिईने उनले बताए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघका सल्लाहाकार इन्द्रप्रसाद सञ्जेलले गर्ने आयोजकले जनाएका् छ । पत्रकार सम्मेलनमा बोल्दै मदन भण्डारी स्र्पोट्स एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देलले प्रतियोगिताले विद्यालयमा पढाउने शिक्षकहरुको प्रतिभालाई समेत उजागर गर्न मदत गर्ने बताए । मदन भण्डारी स्र्पोट्स एकेडेमीका मकवानपुर अध्यक्ष निरजसिंह ठकुरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मदन भण्डारी स्र्पोट्स एकेडेमीका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*