उपाधि हात पारेका नेत्रहिन क्रिकेट टीमलाई भव्य स्वागत

२४ माघ २०७५, बिहीबार १७:२९

काठमाण्डौ \ पाकिस्तानविरुद्ध भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट उपाधि जितेको नेपाली नेत्रहीन महिला क्रिकेट टिम आज स्वदेश फिर्ता भएको छ । नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टिमलाई बिहीबार अपराह्न स्वागत गरिएको थियो । नेपाली क्रिकेट टिमलाई स्वागत गर्न राखेपका सदस्यसचिव केशवकुमार विष्ट विमानस्थल पुग्नुभएको थियो ।

त्यहाँ स्वागत गरिएपछि नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्रालयमा विशेष समारोहका बीच सम्मान गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली नेत्रहीन महिला क्रिकेट टिमले पाकिस्तान विरुद्धको पाँच खेलको सिरिज ४–१ ले जितेको थियो । सबै खेलमा गरी नेपालले एक मात्र विकेट गुमाउँदै ऐतिहासिक सफलता हात पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*