प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा प्रियवन्दना

२६ माघ २०७५, शनिबार १९:४७

सिधाखबर \ प्रगतिशील लेखक संघ नेपाल, मकवानपुरको अध्यक्षमा साहित्यकार शान्ति प्रियवन्दना चयन भएकी छिन् ।  आज हेटौँडामा सम्पन्न सातौ जिल्ला सम्मेलनले शान्तिप्रियको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा केशव समर्पण, सचिवमा विशाल अधिकारी, सहसचिवमा चिरञ्जिवी लामिछाने तथा कोषाध्यक्षमा डि.बि.बर्तौला चयन गरिएको छ ।संस्थाका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रलेसका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थपलियाले सत्ताधारीलाई जहिलेपनि खबरदारी गर्दै सहि बाटोमा लैजानु लेखक तथा संस्कृतिकर्मीहरुको दायित्व रहेको बताए ।कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य निमेष निखिल, ३ नंबर प्रदेश सांसद प्रेम बहादुर पुलामी, हेटौडा उपमहानगरपालिका ४ नं।वडा अध्यक्ष नविन सिग्देल, संघका पूर्व अध्यक्ष सम्राट तुम्बाहाङ्फे, जिल्ला सल्लाहकारहरु कौशल पाण्डे, उमाकान्त आचार्य, ऋषिराम पोख्रेल, तुलसी घिमिरे लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*