अष्ट्रेलिया जान हेटौंडाका भोलाले गरे अर्को विहे

१० फाल्गुन २०७५, शुक्रबार ०७:१४

चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । नक्कली कागजपत्र बनाएर वा आफन्तसँग नक्कली बिवाह गरेर अष्ट्रेलिया जानेहरुको कथामा बनेको यो चलचित्रको ट्रेलरमा कमेडीले प्रथामिकता पाएको छ । ट्रेलरमा अभिनेता नाजिर हुसेन र अभिनेत्री शिल्पा मास्केको प्रेम पनि देख्न सकिन्छ । ट्रेलरमा दुई अर्थ लाग्ने शब्द समेत धेरै छन् ।

८ चैतबाट प्रदर्शनमा आउने अपिल विष्ट निर्देशक रहेको चलचित्रका निर्माता खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटी हुन् । चलचित्रमा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मी लगायतका कलाकारको पनि अभिनय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*