इरानका विदेशमन्त्रीले किन अचानक इन्स्टाग्राममार्फत गरे राजीनामाको घोषणा

१४ फाल्गुन २०७५, मंगलवार ०८:०२

इरानका विदेशमन्त्री जवाद जरिफले आफ्नो पदबाट राजीनामा दिएका छन् । जरिफले आफ्नो राजीनामाको घोषणा अचानक इन्स्टाग्राममार्फत दिएका हुन् । इरानको सरकारी समाचार एजेन्सी इरनाले यसबारे पुष्टि गरेको छ ।

जवादले सरकारमा आफ्नो कार्यकालको क्रममा भएको गल्तीका लागि पनि माफी मागेका छन् । जरिफले सन् २०१५ मा अमेरिकासँग भएको परमाणु सम्झौताका बेला महत्वपूर्ण भूमिका निभाएका थिए तर पछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौता रद्द गरेको घोषणा गरेका थिए ।

५९ वर्षे जरिफ संयुक्त राष्ट्रमा इरानका राजदूत पनि भए र सन् २०१३ मा हसन रुहानी राष्ट्रपति चुनिएपछि विदेशमन्त्री बनेका थिए ।

जरिनले आफ्नो राजीनामामा इरानी जनता र प्रशासनलाई धन्यवाद दिएका छन् तर उनले अचानक राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।

 

जरिफले इन्स्टाग्राम पोष्टमा लेखे, ‘म आफ्नो पदमा टिकिराख्न नसकेका कारण र आफ्नो कार्यकालको क्रममा भएको गल्तीका लागि माफी माग्छु ।’यद्यपी, राष्ट्रपति हसन रुहानीले उनको राजीनामा स्विकार गरेका छन् छैनन् भनेर अहिले नै स्पष्ट जानकारी उपलब्ध छैन ।

अमेरिकाले इरानसँग परमाणु सम्झौता रद्द गरेपछि जरिफ इरानका कट्टरपन्थीको निशानामा थिए । सम्झौता अनुरुप इरानले आफ्नो परमाणु कार्यक्रम सिमित गर्नुपरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*