यातायात क्षेत्र संवेदनशिल : मुख्यमन्त्री पौडेल

२२ फाल्गुन २०७५, बुधबार २१:३५

प्रदेश ३ कामुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्र व्यवस्थित हुनुपर्ने बताएका छन्, । । बुधबार प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको आयोजनामा भएको यातायात सेवाको नामपञ्जिकृत गर्ने सम्बन्धी भएको छलफल कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्र संबेदनशिल भएकोले यसबारे सबै गम्भीर हुन जरुरी रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री पौडेलले व्यवसायीहरुका लागिप्रदेश सरकारबाट गर्न सक्ने सबै सहयोग गर्न तयार रहेको बताए । सरकारले गरेका निर्णयहरुमा सबैले सहयोग गर्नुपर्ने पनि उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले कार्यदल बनाएर यातायात क्षेत्रको कामगर्ने उहाँले जानकारी दिए । व्यवसायीहरुले धेरै कुरा राखेको भन्दै अव छिटै नै कार्यदल मार्फत निष्कर्षमा पुगिने पनि बताए । सरकार तथा व्यवसायी दुबैलाई हित हुने काम गर्ने पनि उहाँको भनाई थियो । सरकार पनि अहिले नयाँ नै भएकोले त्यति धेरै काम गर्न सक्ने अवस्था भने नरहेको बताए । यद्यपी प्रदेश सरकारबाट हुने सहयोग गर्ने यहाँबाट नहुने केन्द्र सरकासंग लविङ गर्ने उहाँले जानकारी दिए ।

यातायात क्षेत्र व्यवस्थित बनाउन सरकारले काम गरिरहेको तयारी स्वरुप छलफलको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘ यस क्षेत्रलाई व्यवस्थीत बनाउनुपर्छ । छिटो भन्दा छिटो सुव्यबस्थित बनाउन चाहन्छौं ।’ यातायात भन्ने वित्तिकै व्यापक भ्रष्टाचार हुन्छ भन्ने मान्यतालाई हटाउनु जरुरी रहेको उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले व्यवसायीबाट आएका सुझाबलाई संवेदनशिल भएर सम्बोधन गर्न प्रयास गर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्रि शालिकराम जम्कट्टेलले कम्पनीमा दर्ता भएर यातायात मजदुर तथा कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रममा सहभागि गराउन आग्रह गरे । उहाँले मालबहाक सवारीमा सिण्डिकेट नभए पनि यात्रुबाहक बसहरुमा अझै पनि बढी सिण्डीेकेट जारी भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*