आश्रमका बयोवृद्ध र बालबालिकालाई निशुल्क प्रवेश

२६ फाल्गुन २०७५, आईतवार ०८:११

सिधाखबर \ मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज मकवानपुरमा रहेका बालबालिका र बयोवृद्ध पालनपोषण गरेर राखेका आश्रम तथा संघसंस्थाले आज ति बालबालिका र बयोवृद्धहरुलाई निशुल्क रुपमा मेला अवलोकन गराउने संघका अध्यक्ष कृष्ण कटुवालले बताए । संघसंस्थाको पत्र र आउने व्यक्तीको संख्या खुल्ने गरि पत्र समेत साथमा ल्याउनु पर्ने कटुवालले बताए । मेलामा आज हेलिकप्टरबाट सिटी टुर गर्ने अन्तिम दिन रहेको आयोजकले जनाएको छ ।

मेलामा ५१.८ फिट अग्लो नेपालको झण्डा, जुम्लाको मार्सी चालम, भीर मौरीको मह, हेलिकप्टर सिटी टुर, केराको चटपटे, मत्स्य विकासको माछा, काठे पिङ, चेपाङको घर, कृतिम चिडियाघर, वाल उद्यान, हेलिकप्टर सयर घोडाचढी, ढुङ्गा सयर, निशुल्क बस सेवा जस्ता आकर्षणहरु रहेको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*