मलेसियामा भएको सवारी दुर्घटनामा ११ को मृत्यु, नेपालीसमेत परेको आशंका

२५ चैत्र २०७५, सोमबार १७:२४

मलेसियामा आइतबार राति कामदार बोकेको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा नेपालीहरु पनि परेको आशंका गरिएको छ।

मलेसियाको बर्नामा न्यूजले दुर्घटनामा परी मृत्यु भएकामध्ये ५ जना नेपाली रहेको जनाएको छ। केएलआईए जिल्लाका प्रहरी प्रमुख एसीपि जुल्किफ्ली अदाम्शाले ४३ जना यात्रु चढेका बस गएराती दुर्घटना हुँदा ५ जना नेपाली, ३ जना इन्डोनेशियाली नागरिक, दुई बंगलादेशीको मृत्यु भएको बताएका बर्नामा न्यूजले उल्लेख गरेको छ।

दुर्घटनामा घाइते भएकाहरुको सेर्दाङ्ग, पुत्रजया, बान्टिङ्ग र काजाङ्ग अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ। एम ए एस कार्गोका ४३ विदेशी कामदार ड्युटीबाट फर्किएर निलाई, नेगरी सेम्बिलानमा रहेका होस्टेलतर्फ फर्किरहेका बेला सेपाङ्गको मास्कार्गो क्षेत्रमा दुर्घटनामा परेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*