दाल भात तरकारी नेपालको खास कथामा बनेको छ : कलाकार आचार्य

२८ चैत्र २०७५, बिहीबार १५:०४

सिधाखबर \ नेपाली चलचित्र दाल भात तरकारीको टोली हेटौंडामा प्रचारप्रसार क्रममा आइपुगेका छन्, । मह सञ्चारको व्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका मुख्य खम्बाको रुपमा रहेका कलाकार हरिबंश आचार्यले नेपाली चलचित्र उद्योगको बजारमा बल गर्नुपर्ने अवस्थामा रहेको छ । सोही अनुरुप हामीले प्रचारपसारमा बल गरेर देश दौडाहामा हिडेको बताए ।

शुद्ध नेपाली कथामा आधारमा आफुले कथा लेखन गरेको कलाकार आचार्य बताउछन्, । हेटौंडामा पत्रकार सम्मेलन गर्दै कलाकार आचार्यले पूर्वबाट यात्रा सुरु गरेर आज प्रदेश ३ को राजधानी हेटौंडामा आइपुगेको बताए । पत्रकार सम्मेलनमा चलचित्र प्रस्तुतकर्ता किरण केसीले पोष्टर सार्वजानिक गरेका थिए । सार्वजानिक गर्दै केसीले शत्रु गते भन्दा उत्कृष्ट चलचित्र बनेको बताए । ५१ दिन छांयाकन गरेको यस चलचित्रमा २ करोड भन्दा माथि लगानी रहेको केसीले बताए ।

हेटौंडामा पोष्टर सार्वजानिक र २९ गते चितवनबाट चलचित्रको टे«लर रिलिज गरिने केसीले बताए । पत्रकार सम्मेलनमा चलचित्रका कलाकार शिवहरि पौड्याल, आँचल शर्मा लगायतकाले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मणिराज गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, होटेल एशोसिसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, निर्माता / कलाकार सुशान्त कुमार श्रेष्ठ लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

चलचित्रमा कलाकार हरिबंश आचार्यको गीत लेखन तथा कथा लेखन रहेको छ । बैशाख २० गते प्रदर्शन हुने दालभात तरकारीलाई सुधन केसीले निर्देशन गरेका हुन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*