ठक्करबाट मृत्यु भए पछि स्थानियले जलाए ट्रिपर

२९ चैत्र २०७५, शुक्रबार १०:३७

नुवाकोट \ ट्रिपरको ठक्करबाट शुक्रबार नुवाकोटमा एकजनाको मृत्यु भएको छ । गंगटेबाट आइरहेको ट्रिपर र बट्टारबाट गंगटे तर्फ गइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।घटनापछि आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । टिफर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*