समाजवादी पार्टीका असन्तुष्ट समूहले छुट्टै भेला गरे

२५ बैशाख २०७६, बुधबार १८:२२

काठमाडौँ  \ नवगठित समाजवादी पार्टीका असन्तुष्ट समूहले बुधबार छुट्टै भेला गरेका छन् । तत्कालीन नयाँ शक्ति पार्टीको विज्ञ परिषद्का सदस्य मदन राईको निवास ललितपुर ढोलाहिटीमा उनीहरुले आगामी रणनीतिबारे छलफल गरेका हुन् । बाबुराम भट्टराईले पार्टीभित्र छलफलै नगरी संघीय समाजवादी फोरमसँग एकीकरण गरिएको भन्दै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य र केन्द्रीय नेताहरु असन्तुष्ट छन् ।

भेलामा करिब दुई दर्जन नेताहरु सहभागी भएका नेता रामरिझन यादवले जानकारी दिए। भेलाले आफ्नो समूहको असन्तुष्टिबारे नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउने निष्कर्ष निकालिएको नेता यादवले बताए। ‘हामी बाबुराम भट्टराईलाई ज्ञापन पत्र दिने तयारीमा छौं। अहिले पार्टी छोड्ने कुरा होइन। आन्तरिक लोकतन्त्रको लागि लड्छौं।

उनले पार्टी एकीकरणप्रति आफूहरुको समर्थन रहेको जिकिर गर्दै प्रक्रिया नमिलेकोले विरोध गरिएको बताए। ‘हामी पार्टी एकीकरणको समर्थनमा छौं’ कान्तिपुरसित उनले भने, ‘तर, प्रक्रिया मिलेन। पार्टीभित्रको आन्तरिक लोकतन्त्र मिचेर एकीकरण गरिएकोमा हाम्रो विरोध हो।’ यही असन्तुष्टिका कारण पूर्वमन्त्री कल्पना धमलाले समाजवादी पार्टीमा दिइएको पदाधिकारी पदसमेत अस्वीकार गरेको यादवले बताए। असन्तुष्ट समूहमा मदन राई, कल्पना धमला, देवेन्द्र पराजुली, भक्तबहादुर शाह, ज्ञानेन्द्रकुमाल लगायत छन्। समाजवादी फोरम र नयाँ शक्तिबीच सोमबार काठमाडौंमा एक कार्यक्रमबीच एकताको घोषणा गरिएको थियो।– कान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*