वडा अध्यक्षले नै श्रमदान गरेपछि…

२८ बैशाख २०७६, शनिबार १५:५२

-श्रीराम अर्जुन

सिधाखबर \ मकवानपुरगढी गाउँपालिकाको वडा २ का वडा अध्यक्ष बखान सिं पाख्रीन सहितको टोलीले आज मोटर बोटो निर्माणमा श्रमदान गरेका छन्, । वडा २ को हेमकर्ण कालीदेवी तल्लो छाप मोटरबाटोमा श्रमदान गरेका हुन्, । गाउँपालिकाले आफ्नो वडाहरुमा भएका विकासका कामहरुमा जनप्रतिनिधिहरुले पनि श्रमदान गर्नुपर्ने अवधारणा ल्याए पछि पालिकाका सबै जनप्रतिनिधिहरुले श्रमदान गर्दै आएका छन्, ।
वडा २ को विभिन्न समयमा भएका विकास निर्माणको काममा श्रमदान गर्दै आएका अध्यक्ष पाख्रिन वडाबासीहरु संगै काम गर्दा मन प्रफुल्ल भएको बताए ।

आफु संगै अरुले पनि काम गर्ने भएकाले हरेक मोटरबाटो मात्र नभई अन्य विकासको काममा श्रमदान गरिरहेको बताए । अरुबार वडामा कामको मात्रा वढी भएकोले शनिबारको दिन पारेर आज खनेको मोटरबाटोको ढल निकासाको लागि काम गरेको बताए । उनी संगै वडा सदस्य रामप्रसाद पुडासैनी, वडा कार्यालयका कर्मचारी हरिप्रसाद देवकोटा पनि श्रमदानमा व्यस्त थिए ।


कान्तिलोक पथबाट झण्डै साढे २ किलो ८ सय मिटर हिडे पछि छाप पुगिने हेमकर्ण कालीदेवी तल्लो छाप मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष जीतमान ब्लोनले बताए । सोही बाटोले २ सय घरधुरी लाभान्वित भएको ब्लोनले बताए । पालिकाको सम्झौता अनुरुप संसद कोषबाट निकासा भएको ९ लाख ९५ हजार बजेट अनुरुप काम गरेको अध्यक्ष ब्लोनले बताए । पुरानो ट्रयाकको सफा र नयाँ ट्रयाक खनेको ब्लोनले बताए । आज शनिबारको दिन सबै जना घरमा हुने भएकोले आज ढल निकासको लागि काम गरेको उनले बताए । श्रमदानमा महिला सहित ६५ जनाको सहभागिता रहेको थियो । ६ मिटर चौडाईमा मोटर बाटो निर्माण भएको छ ।यो मोटरबाटोमा ठुलाठुला ३ वटा खोल्साहरु रहेकाले गाउँपालिकाले अबको बजेटमा केहि रकम छुट्याएका वाल सहित हेमपाईप हाल्न सकियो भने बर्खामा पनि सहज रुपले मोटर चलाउन सकिने अध्यक्ष ब्लोनले बताए । हेमपाईप र वालको लागि गाउँपालिकामा वडा अध्यक्ष मार्फत पहल गराउन लगाउने उपभोक्ता समितिको योजना रहेको पनि बताए ।


पिक बोकेर चट्टान फुटाउदैं गरेका एक जना छापबासी भन्छन्, घरै नजिक मोटर आउछ भनेर जिवनमा सोचेको नि थिएन अब घरै नजिक मोटर गाडी अटो आउँदा ज्यादै खुसी भएको बताए । ऐतिहासिक गढी दरबार नजिक भएता पनि मोटरबाटो नहुँदा ज्यादै विकसित नभएको जस्तो लाग्ने बताए । ढुङगामा पिकले हान्दै उनले जनप्रतिनिधिहरु पनि हामी संगै काम गरेकोमा खुसी हुदैं काम गर्न रमाइलो लागेको बताए । जितेर जान्छ्न पछि फर्किदैनन भन्ठानेको थियौं तर उहाँहरु हामी संगै श्रमदान गरेको देख्दा यस्ता नेताले हो विकासको काम गर्ने भन्दै छापबासी खुसी भएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*