क्याम्पसमा अनियमितता भएको नेवि संघको आरोप

२८ बैशाख २०७६, शनिबार १६:४२

हेटौंडा \ नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसका उपाध्यक्ष मिलन पुडासैनीले मकवानपुर क्याम्पसमा अनियमितता भएको बताएका छन् । शुक्रबार एक वक्तव्य जारी गर्दै नेवी संघ मकवानपुर बहुमुखी क्याम्पसले मकवानपुर बहुमुखी क्याम्पसमा सबै पक्षमा अनियमितता भएको आरोप लगाएको छ ।

‘क्याम्पसमा विद्यार्थी भर्ना हुने बेलादेखि अनियमितता हुँदै आएको छ’, उनले भने,‘पुस्तकालय विकास र भवन मर्मत शीर्षकमा विद्यार्थीसँग रकम असुलिन्छ । शुल्क लिने तर त्यस वापतको सेवा विद्यार्थीले पाएका छैनन् । पुस्तकालयमा १० वर्षदेखि नयाँ किताब नआएको भन्दै उनले कक्षा कोठामा पनि मर्मत नपुगेको बताए । भर्ना हुने समयमा उठाइएको मर्मत शूल्कको कहाँ खर्च हुन्छ भन्दै उनले विगतदेखि आयव्यय सार्वजनिकको लागि माग गर्दा समेत पारदर्शी हुन नसकेको आरोप लगाए । नेवि संघले क्याम्पसमा भएका आर्थिक गतिविधिहरु सबैको सामु पारदर्शी बनाउन पर्ने भन्दै विगतदेखि नै आवाज उठाउँदै आएको छ ।

touchmaster_1557496647307-1557497156.jpg

हामीले विगतदेखी यही विषय उठान गर्दै आएका थियौँ’, उनले भने,‘क्याम्पस प्रशासनले कुनै वास्ता गरेन । हाम्रो मागलाई बेवास्ता गर्ने हो भने नेवि संघ कडा आन्दोलन गर्न पनि पछि पर्दैन ।’ ‘क्याम्पसमा शिक्षक नियुक्त हुँदा पनि कुनै विज्ञापन हुँदैन । आफू अनुकुलको शिक्षक क्याम्पसमा नियुक्त भएका छन्’, उनले भने,‘प्रदेश तीनका मुख्यमन्त्री समेत रहेका व्यक्ति क्याम्पसको अध्यक्ष हुनुहुन्छ तर आर्थिक पारदर्शीतामा कुनै भूमिका उहाँको देखिदैन । विगतमा जसरी क्याम्पस सञ्चालन भएको छ हालसम्म पनि त्यस्तै अवस्था छ । छात्रावृत्तिमा पनि राजनीतिक चलखेल हुन्छ, जो शक्तिमा छ उसैले पाउने प्रवृत्ति क्याम्पसमा हावी छ ।’

बस सञ्चालनको लागि २०७३ साल फागुनमा नै रकम छुट्टिसकेको तर हालसम्म बस सञ्चालनमा नआउँदा क्याम्पस सञ्चालक समितिसमक्ष प्रश्नचिन्ह खडा भएको बताए । पुर्वी नेपालको जिल्लाहरुका लागि अध्ययनको गन्तव्य बनेको क्याम्पसमा यस्तै गतिविधिहरु भईरहने हो भने विद्यार्थीहरुमा पनि नैराश्यता उत्पन्न हुने उनले दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*