कांग्रेसद्धारा प्रदेश सभा बैठक अवरुद्ध

३० बैशाख २०७६, सोमबार १९:०४

हेटौंडा \ नेपाली कांग्रेसले  प्रदेश ३ सभाको बैठक अवरुद्ध गरेको छ ।  सोमबार आव्हान भएको प्रदेशको बर्षे अधिवेशनको पहिलो बैठक कांग्रेसले अवरुद्ध गरेको हो । कांग्रेसले प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने प्रक्रिया अघि बढाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

प्रदेशसभामा अधिवेशन सफलताको शुभकामना दिए लगतै कांग्रेसले संसद अवरुद्ध गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले विधेयक प्रस्तुत गर्न मन्त्री आग्रह गरे लगतै कांग्रेसका सांसदहरुले उठेर राजधानीको विषय अघि बढाउन माग गर्दै संसद अघि नबढ्ने बताएका थिए ।

त्यस लगतै सभामुख सानुकुमार श्रेष्ठले संसद बैठक मंगलबार अपरान्ह ४ बजेसम्म स्थगित गरेका छन् । त्यसअघि नेकपाका उपनेता एवं आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेमकिपाका सुरेन्द्रराज गोसाई, रिता माझी, रिना गुरुङ, प्रेम लामाले प्रदेशसभाको बर्षे अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*