पत्रकार महासंघद्धारा विद्येयक विषयमा छलफल

१ जेष्ठ २०७६, बुधबार १६:२२

सिधाखबर \ नेपाल पत्रकार महासंघ मकवानपुरले मिडिया काउन्सिल विद्येयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध सरोकार पक्षबीच छलफल कार्यक्रम गरेको छ । आज पत्रकार महासंघको हलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले सरकारले पत्रकारलाई बन्देज लगाउने कानुन निर्माण गर्न खोज्नु लोकतन्त्रमाथिको प्रहार भएको बताए । उनले सरकारले पत्रकारहरुलाई अंकुश लगाउन नहुने बताए ।

कार्यक्रममा महासंघका प्रदेश ३ का महासचिव कृष्ण सारु मगरले यो सरकारले पत्रकार उत्पादनमा कडाई हुनुपर्ने र मिडिया हाउसलाई कन्ट्रोल गर्नुपर्ने बताए । महसंघका पूर्व अध्यक्ष राममणि दाहालले जुनसुकै सरकार सत्तामा हुदाँ सबै ठिक नहुँदा सबै बेठिक भन्ने मानसिकता हटाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षहरु, कार्यसमिति सदस्य तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*