बजेट अधिवेशन सुरु

२ जेष्ठ २०७६, बिहीबार १५:५२

रुपन्देही \  प्रदेश पाँच प्रदेश सभाको बजेट अधिवेशन बिहीबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन भएको हो ।

बिहीबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको छ । बिहीबार बोल्ने सांसदहरुले बजेटलाई जनमुखी बनाउन सुझाव दिएका छन् । प्रदेश पाँचको अर्को बैठक ९ गते बस्नेछ । प्रदेश सरकार असार १ गतेभित्र बजेट पेस गर्ने गरी बजेट निर्माणमा जुटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*