खैरोहिरोईन सहित ३ जना पक्राउ

२ जेष्ठ २०७६, बिहीबार १९:०८

सिधाखबर \ मकवानपुर प्रहरीले लागु औषध खैरोहिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । लागु औषध खैरो हेरोईन ७ ग्राम ९० मिलीग्राम सहित हेटौंडा १० बस्ने हेनिश शाही, महमद मियाँ र निरोज वाईवा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले विशेष सुराकीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपक्षिक यज्ञ प्रसाद भट्टराईले बताए । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*