छात्रा बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुरका एक शिक्षक पक्राउ

३ जेष्ठ २०७६, शुक्रबार २०:२१

हेटौंडा \ मकवानपुरको मनहरी गाउँपालिका ६ का शिक्षक अमन लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई साँढे ३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई बिहीबार पक्राउ गरेको छ ।

मकवानपुरको मनहरी गाउँपालिकास्थित एक निजी विद्यालयमा एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक लामालाई इलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मनहरीका इन्चार्ज प्रहरी निरिक्षक विरेन्द्र पनेरुका अनुसार २२ वर्षीय लामाले छात्रालाई स्कुलको शौचालयमा सोमबार बलात्कार गरेको पीडितको परिवारले बिहीबार इलाका प्रहरी कार्यालय मनहरीमा किटानी जाहेरी दिएका थिए ।

उजुरीका आधारमा लामालाई प्रहरीले पक्राउ गरेर जबर्जस्तीकरणी सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । लामालाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*