गायक राईको पाक्यो काफल गीत सार्वजानिक (भिडियो सहित)

४ जेष्ठ २०७६, शनिबार १६:२१

सिधाखबर \  गायक विशाल राज राईको पुर्वेली लोक भाकाको नेपाली मौलिक शब्द समेटिएको पाक्यो काफल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुर्य रुम्बाको शब्द र संगीत, प्रतिक थापाको संगीत संयोजन रहेको गीतमा विशाल राज राईको आवाज रहेको छ ।

गीतको भिडियोमा रमेश अधिकारी र स्मृति तामाङ्गको फिचर्ड रहेको छ । मकवानपुरको मकवानपुरगढीमा छायाकन गरिएको गीतको भिडियोलाई विशाल राज राई र फिलिप राईले संयुक्त रुपमा खिचेका छन् । भिडियोको सम्पादन \ निर्देशन विशाल राजकै रहेको छ ।

गायक राईको यस अघि सोल्टीनी को गालैमा बोलको गीत बजारमा आइसकेको छ । भिडियो हाइलाइट्स नेपाल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*