कर्णाली प्रदेश ९ विकेटले पराजित

१५ जेष्ठ २०७६, बुधबार १४:५२

काठमाडौं \  तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिमा प्रदेश दुईले सहज जित निकालेको छ । बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उक्त प्रदेशले जित निकालेको हो ।

कर्णाली प्रदेशले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ ओभरमा १ विकेट गुमाउँदै ९६ रन पूरा गरेको हो । र्कीतिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ को लागि हरिशंकर शाहले अर्धशतकिय पारी खेले । ६४ बल खेलेका उनले ७ चौकाको सहयोगमा ५५ रनको योगदान गरे । त्यस्तै हशिम अन्सारीले १७ रन बनाए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३० ओभर ४ बलमा ९३ रन पूरा गर्यो।

कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक ३७ रनको योगदान गरे । त्यस्तै कप्तान रविन्द्र शाहीले १४ रन जोड्दा त्यस बाहेकका ब्याट्म्यानले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ प्रदेश २ का कुमार थापाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै हरिशंकर शाह, सहमेद शेख, रशिद खानले समान दुई-दुई विकेट लिए । त्यस्तै दिभ्यान्सु मल्लीकले एक विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*