हेटौंडामा २१ जनाले गरे रक्तदान

२३ जेष्ठ २०७६, बिहीबार १५:५३

सिधाखबर \ हेटौंडा ४ मा रहेको श्री मित्र मिलन बहुउद्देश्यीय सहकारी संस्थाको २० औं स्थापना दिवसको अवसरमा आज हेटौंडामा रक्तदान कार्यक्रम गरेको छन्, । सहकारी र सचेतक समाजको संयुक्त रुपमा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।

बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सचेतक समाजका अध्यक्ष रामहरि खरेल, , राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल,सहकारी संस्थाका सचिव भोगेन्द्र लुइँटेल, सदस्य केदार पुडासैनी, तारा कार्की, लेखा संयोजक हरि रिजाल, सदस्य जयराम अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष भोला प्रसाद शर्मा खरेलको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*