पालुङ साहित्य महोत्सव हुदैं

२७ जेष्ठ २०७६, सोमबार १६:२२

हेटौंडा \ थाहा आन्दोलनका अभियन्ता क्रान्ति पुरूष रूपचन्द्र बिष्टको २० औँ स्मृति दिवसको सन्दर्भमा पालुङ साहित्य परिषद्को संयोजनमा प्रथम पटक पालुङ साहित्य महोत्सव हुने भएको छ। भाषा ,कला र संस्कृतिको क्षेत्रमा सक्रिय पालुङ साहित्य परिषद् ,मकवानपुरको उत्तरी क्षेत्रमा स्थापना भई विगत लामो समयदेखि संस्थागत साहित्यको विकासकोलागि क्रियाशील संस्था हो ।

पुस्तक प्रकाशन,काव्य गोष्ठी र यस भेगको स्रष्टाहरूको सामुहिक सिर्जना संकलन गरेर नयाँ पुस्ताको लेखकहरूलाई प्रोत्साहन गर्दै आएको यश संस्थाले पहिलो पटक थाहा साहित्य महोत्सव गर्न लागेको कुरा अध्यक्ष बिर्खे अञ्जानले बताए । विकास निर्माण ,शिक्षा ,स्वास्थ र जनमुखी अभियान बोकेर थाहा दर्शनको प्रतिवादन गर्ने राजनीतिज्ञ रूपचन्द्र बिष्टको यही असार ७ गते स्मृति दिवस पर्ने समय जुराएर परिषद्ले उक्त कार्यक्रम परिकल्पना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*