साउदीमा वितेका श्रीमानको मृत्युदावी विमा रकम पाईन विमलाले

२८ जेष्ठ २०७६, मंगलवार १५:४५

सिधाखबर \ रोजगारीको शिलशालामा साउदी अबरमा पुगेका मनहरी गाउँपालिका वडा ६ बस्ने विशाल थापा मगरको असमायिक निधन भएका कारण विमा कम्पनीले विमा बीमादाबी रकम भुक्तानी गरको छ । गुराँस लाइफ इन्स्योरेन्स हेटौडा शाखाले उक्त मृत्युदावी भुक्तानी रकम प्रदान गरेको हो । कम्पनीले विमित विशाल थापा मगरको श्रीमती विमला राना मगरलाई बीमादाबी रकम १४ लाख रूपैयाँ हस्तान्तरण गरिएको गुराँस लाइफ इन्स्योरेन्सका हेटौंडा शाखा प्रमुख एनिषा पौडेलले बताईन्, ।

विमलालाई उनलाई मनहरि गाँउपालिकाका वडा ६का अध्यक्ष गोपी लामा मुक्तान तथा गुराँसका शाखा प्रमुख पौडेल,अण्डरराइटिङ्ग राजकुमार महतले संयुक्त रुपमासो चेक हस्तान्तरण गरेका थिए ।

मृतक विशाल धादिङ जिल्ला धुषा गाविस वडा ८ स्थायी ठेगाना भएको र हाल मनहरी गाउँपालिका वडा ६ मा बस्दै आएका थिए । कार्यक्रममा हेटौडा शाखाका अभिकर्ता, एजेन्सी मेनेजरहरु, बैंकर्सहरु, स्थानियको लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*