वृद्ध महिलाको राप्तीपुल मुनि शव फेला

२८ जेष्ठ २०७६, मंगलवार १७:२६

हेटौंडा \ मंगलबार दिउँसो हेटौंडा १ राप्तीपुल मुनि एकजना वृद्ध महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले दिएको जानकारी अनुसार भेटिएको  महिला शव  हेटौंडा १ चाइनाकवाटर घर भएकी ९० बर्षीया सानुमाया बलको रहेको जानकारी दिएका छन्। आखा कम देखने र खोला तर्ने क्रममा उनलाइ खोलाले बगाएको हुन सक्ने भट्टराईले बताए। बलको शव  हेटौंडा अस्पतालको शव गृहमा राखिएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*