बानियाँद्धारा गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा

२ असार २०७६, सोमबार १९:११

हेटौँडा \ मकवानपुर गढी गाउँपालिका वडा  नम्बर २ मा रहेको टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश ३ कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरिएको हो।

प्राण प्रतिष्ठा कार्यक्रममा बोल्दै नेता बानियाले गुठि सम्बन्धी विधेयक ल्याएर दुई तिहाईको कम्युनिष्ट सरकारले  बर्षे देखि कायम रहेको संस्कृतीको अमपान गरेको आरोप लगाए । उनले गुम्बामा मात्र नभई त्यस क्षेत्रको विकास निर्माण र आधारभूत आवश्यकतामा आफ्नो सहयोग रहने बताए ।

गुम्बा संरक्षण समितिका अध्यक्ष प्रेम बहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव रामबाबु बानियाँ, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटालगायत गुम्बाका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*