प्राविधिक कारण देखाउदै सानो मनको रिलीज मिति परिबर्तन

११ असार २०७६, बुधबार १६:४८

सिधाखबर \ चलचित्र सानो मन असार २७ गते रिलीज हुने भएको छ । यसअघि असार २० गते रिलीज हुने भनिएपनि प्राविधिक कारण देखाउदै चलचित्रले रिलीज मिति परिबर्तन गरेको निर्माण पक्षले जनाएको छ । हतारमा नराम्रो चलचित्र रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ, निर्माता राजेन्द्र मानन्धरले बताए । सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको बताईएको छ ।

ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । म्युजिकल लभस्टोरी भनिएको यो चलचित्रका दुई गीत तथा ट्रेलर पनि सार्वजनिक भईसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*