प्रहरी र विप्लवका कार्यकर्ताबीच भिड्न्त

१६ असार २०७६, सोमबार १६:५१

संखुवासभा  \ प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि एकजना कार्यकर्ता पक्राउ परेका छन्।

गस्तीमा रहेको प्रहरीले घटनास्थल भन्दा केही परको साविकको सिसुवाखोला गाउँविकास समिति, तेन्छोबाट विप्लवका एक कार्यकर्तालाई पक्राउ गरेको हो ।  सुरक्षा स्रोतका अनुसार गस्तीका क्रममा विप्लवका ती कार्यकर्ता पक्राउ परेका हुन्। तर जिल्लास्थित सुरक्षा अधिकारीले भने यसको पुष्टि गरिसकेका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*