सडक विस्तार : बुधबारसम्मको लागि स्थगित

२३ असार २०७६, सोमबार १९:२७

हेटौँडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगत लोथर क्षेत्रको सडक विस्तारको काम बुधबारसम्मको लागि स्थगित भएको छ ।
डिभिजन सडक कार्यालय मकवानपुरले सोमबारबाट चितवन र मकवानपुरको सिमाना लोथर, त्यसैगरी बारा र मकवानपुरको बिचमा रहेको अम्लेखगंगबाट सडक विस्तार सुरु गरेको भएपनि असार २५ गते बुधबारसम्मको लागि स्थगित गरेको हो । हेटौँडाको दक्षिण तर्फ अमलेखगञ्जबाट हुने विस्तारको काम भने मंगलबारबाट सुरु हुने बताएको छ ।

डिभिजन सडक कार्यालय मकवानपुरले पानी परेर समस्या भएको भन्दै विस्तारको काम रोकेको जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार लोथरस्थित सडक सिमाभित्रका संरचनाहरु स्थानियलेनै हटाइरहेको कारण पनि बुधबारसम्मको लागि समय दिइएको हो ।
त्यसैगरी अम्लेखगंजको काम पनि बुधबार सम्मको लागि स्थगित भएको छ । आज केही संरचना हटाइएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*