गाउँपालिका अध्यक्षले आर्थिक अपारदर्शिता गरेको भन्दै कांग्रेसको विरोध स्वरुप नारावाजी

२५ असार २०७६, बुधबार १८:४४

मकवानपुर \ मकवानपुरको विकट पश्चिमी क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्षले एकलौटी ढंगबाट निर्णय गर्दै आर्थिक अपारदर्शिता गरेको भन्दै नेपाली कांग्रेस कैलाश गाउँपालिकाले बुधबार ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति एवं कैलाश गाउँपालिका संयोजक लोकबहादुर मुक्तानको संयोजकत्वमा नाराजुलुश गर्दै गएको गएको कांग्रेसको टोलीले गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा गाउँपालिका अध्यक्षले उपाध्यक्ष, अध्यक्षहरुसंग परामर्श नै नगरी एकलौटी ढंगबाट व्यक्तिगत निर्णयहरु गर्दै गएको र व्यापक आर्थिक अपारदर्शिता गरेको बताइएको छ ।

त्यस्तै युवा क्षमता विकास तालिमको रकम तीन गाउँपालिकाको नेकपा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिईएको, चेपाङ तथा लोपोन्मुख जाती लक्षित पत्रकारिता तालिमको पैसा हिनामिना गरेको, अहिलेसम्म गाउँसभा राख्न नसकेको, वडाहरुमा सिलिङ बजेट नछुट्याईएको उल्लेख छ ।

११ बुँदे ज्ञापनपत्रमा गाउँपालिकाको केन्द्र तोक्न नसकेको, पूर्वाग्रहीरुपमा शिक्षक सरुवा र हालसम्म पदपूर्ति गर्न नसकेको, चालूखर्च रकमको कार्यक्रम गर्दा व्यक्तिगत निर्णय गरेको, उपभोक्ता समितिले काम सम्पन्न गर्दापनि फरक राजनीतिक दलको भन्दै रकम काटेको, सम्झौंता बमोजिमत तोकिएको स्थानको योजना अध्यक्षले दवाव दिएर अन्यन्त्र पठाएकोलगायत रहेका छन् ।

ज्ञापन पत्र बुझाउँदै कांग्रेस ४ क्षेत्रीय सभापति एवं कैलाश गाउँपालिका संयोजक मुक्तानले ११ बुँदे ज्ञापनपत्रमा रहेको विषयवस्तु गाउँपालिकाको विकासको लागि महत्वपूर्ण रहेको भन्दै यसको केही दिनमा अक्षरश पालना नगरे गाउँपालिका अध्यक्ष तथा प्रशासनमा ताला लगाउने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष थिङले ज्ञापनपत्र बुझ्दै आफूले सक्नेसम्म पहल गर्ने र जनप्रतिनिधिहरु बसेर विवादको विषय सुल्झाउने भन्दै गाउँपालिका ताला लगाउनु पर्नेसम्मको अवस्था सिर्जना हुन नदिने बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*