गीत विवाद : आलोकश्रीले भने गीत चार्नेसँग क्षतिपूर्ति लिन्न

८ श्रावण २०७६, बुधबार १३:२९

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘डुब्यो फूल्यो’ गीतको विवाद टुङ्गिने भएको छ । संगीतकार आलोकश्रीले ‘डुब्यो फूल्यो’ गीत आफ्नो ‘कहिले फोटो सिरानीमा’सँग मिल्न गएको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो । कबड्डी टिम र संगीतकार आलोकश्रीबीच मंगलबार भएको छलफलबाट विवादको विषयमा टुङ्गो लगाइएको हो ।

कबड्डी टिम निर्देशक रामबाबु गुरुङ, संगीतकार एसडी योगी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा लगायतले आलोक श्रीसँग छलफल गरेर यो बिषय अगाडि नलाने सहमति गरेका हुन् । कबड्डीका संगीतकार एसडी योगीले आफू उक्त गीतबाट प्रभावित भएको स्वीकारेपछि सहमतिमा आफूहरु पुगेको संगीतकार आलोक श्रीले बताए ।

‘गीतको संगीतकारमा आलोक श्री र एसडी दुवैको नाम राख्ने सहमतिमा कुरो मिलेको हो’ आलोकश्रीले भने ‘२०४६ सालमा जन्मिएका एसडी भाइले म तपाइको गीत सुनेर हुर्किएको हुँ । गीतमा तपाईँको प्रभाव पर्नु स्वभाविक नै हो भनेपछि म पनि कन्भिन्स भएँ ।’ विभिन्न समाचार माध्यममा आलोकले क्षतिपूर्तिमा विवाद बताइएपनि आलोकले भने आपसी सहमतिनै बिना क्षतिपूर्ति विवाद समाधान गरिएको बताए ।  ‘मैले क्षतिपूर्ति मागेको पनि छैन र लिन्नँ पनि’ आलोकले थपे ‘क्षतिपूर्तिको विषयमा भ्रामक समाचारहरु बाहिर आइरहेका छन् । यसका कारण सामाजिक संजालमा बिभिन्न गाली समेत खानु परेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*