शारिरिक सुगठन तथा फिटनेस संघको अध्यक्षमा भेटुवाल चयन

२४ श्रावण २०७६, शुक्रबार २२:५४

सिधाखबर \  समाजसेवी तथा युवा व्यवसायी राजेश भेटुवाल मकवानपुर शारिरिक सुगठन तथा फिटनेस संघको अध्यक्षमा चयन भएका छन् । शुक्रबार भएको १२ औ साधारण सभा तथा ५ औ अधिबेशनबाट भेटुवाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । अधिवेशनबाट भेटवालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा राजु नेपाल, उपाध्यक्षमा महेश कर्माचार्य र हेम श्रेष्ठ, सचिवमा सुजन श्रेष्ठ र कोषाध्यक्षमा कन्हैया शाह चयन भएको नव निर्वाचित अध्यक्ष भेटुवालले बताए ।

यस्तै संघको सदस्यहरूमा सौरभ श्रेष्ठ, सम्राट सिंह, जीवन न्यौपाने, अमृत लामा, अनिल श्रेष्ठ चयन भएका थिए । कार्यक्रममा हेटौडा उपमानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो भने संघका अध्यक्ष शिव कुमार कार्कीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष सुनिल अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतले संघले जिल्लामा स्वास्थ रहन खेलेको भूमिकाप्रति प्रशंसा गरेका थिए । उनले आफुलाई संघको जिम्मेवारी पाएपछी जिल्लामा गरिने कार्यक्रमहरु केहीसमय पछी सार्वजानिक गर्ने समेत बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*