दुई तिहाइ मतले राजधानी तोकिने :मुख्यमन्त्री पौडेल

२६ श्रावण २०७६, आईतवार १७:१३

सिधाखबर \ प्रदेश ३ को स्थायी राजधानी प्रदेश सभामा दुई तिहाइ मतले राजधानी तोकिने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताए । आज हेटौंडामा मकवानपुर जिल्ला समन्वय समितिको चौथो जिल्ला भेलालाई सम्बोधन गर्दै उनले प्रदेश सभामा दुई तिहाइ बहुमत आएपछि मात्र राजधानी तोकिने बताए ।

काठमाडौंमा सम्पादकहरुको अन्तरक्रियामा आफुले राजधानी नुवाकोट हुने अभिव्यक्तीले हेटौंडाबासीले नराम्रो नगरले हेरिरहेका छन्, मैले काठमाडौं उपत्यकामा हुदैंन नुवाकोट, रामेछाप सिन्धुली जहाँ लान नि मिल्छ भनेको बताए । म एक्लैले लान नमिल्ने भएकाले कानुन भन्दा माथी आफु नरहेको हुनाले बहुमतको आधारमा तोकिने बताए ।

उनले आफ्नो आँगनमा रहेको राजधानी बाहिर लैजान लाग्यो भनेर जस्ले सोच्नुभएको छ उसलाई पाप लाग्ने मुख्यमन्त्री पौडेलले बताए । प्रदेश ३ भित्र रहेका जिल्ला समन्वय समितिलाई अब अधिकार हरु थप गर्दै लैजाने तयारी रहेको समेत बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*