कात्तिकमा जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण

२८ श्रावण २०७६, मंगलवार ०८:२०

जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नर्सिङ कियर गिभरमा जाने कामदार जापानको समान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउँछन् । यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*