तरुण दलद्धारा ११ गते तीज विशेष कार्यक्रम

उत्कृष्ट नृत्य गर्नेलाई सुनको माईली तिलहरी, सुनको चन्द्रमा, एक सेट पाउजु र एकसेट झल्ला
२९ श्रावण २०७६, बुधबार १४:४४

सिधाखबर \ नेपाल तरुण दल जिल्ला कार्य समिति मकवानपुरले हिन्दु नारीको विशेष चाड तिजको अवसर पारेर सांस्कृतिक कार्यक्रम सहित दर खाने भएको छ ।

तरुण दलले तीजको अवसर पारेर हिन्दु नारीहरुको महान चाडलाई भदौं ११ गते दर खुवाउने र राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको उपस्थितिमा वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक अञ्जना उपाध्यायले जानकारी दिईन ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमान सिंहको प्रमूख आतिथ्यतामा हुने तिज विशेष तथा दर खाने कार्यक्रममा अहिलेका चर्चित लोक गायक गायिकाहरु पशुपति शर्मा र टिका सानुले लोकदोहोरी तथा तीज गीत गाउने छन् भने चर्चित हास्यकलाकार शिवशंकर रिजाल जोगिन्दरले हास्यप्रस्तुती दिने संयोजक उपाध्यायले जानकारी दिईन ।

कार्यक्रममा दर्शक दीर्घामा रहेर उत्कृष्ट नृत्य प्रस्तुत गर्ने चार जना सहभागीलाई पुरस्कारकोसमेत व्यवस्था गरिएको दरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले जानकारी दिए । अध्यक्ष पाठकका अनुसार उत्कृष्ट नृत्य गर्नेहरुलाई क्रमशः सुनको माईली तिलहरी, सुनको चन्द्रमा, एक सेट पाउजु र एकसेट झल्ला दिने बताए ।

हेटौंडाको पल्पसा हलमा हुने लागेको कार्यक्रममा मकवानपुरको १० वटै स्थानीय तहमा खवर गरिसकिएको र आवश्यक तयारी भैरहेको तरुण दल जिल्ला सचिव सचित थापाले बताए । थापाका अनुसार तिज विशेष र दर खाने कार्यक्रम गर्न ५ लाख रुपियाँ लाग्ने अनुमान गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*