हरि विष्टको ‘माइतीको देश २’ तिज गीत सार्वजानिक (भिडियो)

३ भाद्र २०७६, मंगलवार १६:५५

काठमाडौं \  नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै छ । यसै तिजको अवसरमा कलाकारहरूले तिजका भाकाहरू बजारमा पठाइरहेका छन् ।

मौलिकताले भरिपुर्ण तिज गीत सिर्जना गर्न माहिर सर्जक हरि विष्टले यसपालि ‘माइतीको देश २’ बोलको तिज भाका बजारमा पठाएका छन् । उक्त गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ । हरि विष्टको शब्द संगीत रहेको गीतको संगीत संयोजन झलक संगीतमले गरेका छन् ।

मौसम हिमालीले निर्देशन गरेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ । करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*