महालक्ष्मी साहित्य पुरस्कार: यस वर्ष धनगढीकी कवि श्रेष्ठ प्रिया पत्थरलाई

शनिवार साहित्य कार्यक्रम गरि प्रदान गरिदैं
८ भाद्र २०७६, आईतवार १७:०६

सिधाखबर \ भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र संवद्र्धनको हेतुले मातृभूमि साहित्य समाज र महालक्ष्मी विकास बैंकले प्रदान गर्ने ‘महालक्ष्मी साहित्य पुरस्कार’बाट यस वर्ष धनगढीकी कवि साहित्यकार श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरिने आयोजक संस्था मातृभुमि साहित्य समाजका अध्यक्ष माधब पोख्रेलले बताए ।

यती फाइनान्स लिमिटेड, यती विकास बैंक हुदैं हाल महालक्ष्मी विकास बैंक को रुपमा एकिकृत समेत भएकोले वि.स २०७४ सालको पन्ध्रौं श्रृङखलादेखि पुरस्कारको नाम परिवर्तन भई ‘महालक्ष्मी साहित्य पुरस्कार’ भएको बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले बताए । सोही बेलादेखि पुरस्कारको राशी २१,००१ पु¥याइएको पराजुलीले बताए ।

गएको वर्ष १६ औं श्रृङखलामा पुर्वाञ्चलका स्रष्टा विवस पोखरेललाई दिइएको र यस वर्ष सुदुरपश्चिम महेन्द्रनगर धनगढीकी कवि श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गर्न लागिएको अध्यक्ष पोख्रेलले बताए । देशका विभिन्न क्षेत्रमा यो पुरस्कार पुग्दा महालक्ष्मी विकास बैंकको नाम र गरिमा पनि देशभर फैलिनेमा विश्वास रहेको पोख्रेलले बताए ।

कवि पत्थर गजल विधामा अब्बल रहेकी र कथा, उपन्यासमा पनि कलम चलाउने स्रष्ठा रहेको उनले बताए । महालक्ष्मी साहित्य पुरस्कार भदौ १४ गते शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*