पेशल कोइरालाले दिए एनआरएनए स्पेनको अध्यक्षमा उम्मेद्वारी

१३ भाद्र २०७६, शुक्रबार १८:१७

एनआरएनए स्पेनको आगामी नयाँ नेतृत्वको लागी बर्तामान उपाध्यक्ष पेशल कोइरालाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।सदस्य,कोषाध्यक्ष हुँदै उपाध्यक्षको जिम्मेवारी निर्वाह गरीसकेका कोईरालाले गैर आवाशीय नेपाली संघ स्पेनमा बीगत लामो समयदेखि लगातार सदस्य पदमा २०१३–२०१५, कोषाध्यक्ष पदमा २०१५–२०१७ र उपाध्यक्ष पदमा २०१७–२०१९ मा रही पदीय जिम्मेवारी वहन गरिसकेका छन्।

सरल, सहयोगी र समाज सेवालाई निरन्तरता दिँदै आएका कोइरालाले विगतको अनुभवलाई थप उर्जाकासाथ संस्थामा समर्पित गर्ने तथा स्पेनस्थित नेपाली समुदायको एकता र हितमा अनवरत रूपमा लाग्ने प्रण गर्दै एनआरएनए स्पेनको अध्यक्षमा उम्मेद्वारी दिएको बताए। कोइरालाले स्पेनमा रहेको नेपाली समुदायको सेवामा समर्पित हुने चाहनालाई बिगतमा जस्तै बिश्वास गरी संस्थाको नेतृत्व गर्ने आफ्नो चाहनालाई अमूल्य मत दिइ नेतृत्वमा पुर्याउन सबैलाई आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*